नेपाल पत्रकार महासंघ झापाको प्रेस विज्ञप्ति

मिति ः २०८०।०२।१४
नेपाल पत्रकार महासंघ
झापा शाखाको
प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ झापा शाखाको बैठक अध्यक्ष एकराज गिरीको अध्यक्षतामा २०८० जेठ १३ गते शनिबार बिर्तामोडस्थित महासंघको कार्यालयमा सम्पन्न भयो । वैठकले महासंघको सदस्यता शुद्धीकरण अभियान बारे छलफलसहित विभिन्न निर्णय गरेको छ ।
१. सदस्यता शुद्धीकरण सम्बन्धमा ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ कार्यान्वयन गर्नका लागि कार्यसमितिका उपाध्यक्ष केशव भट्टराई संयोजक तथा सुशिला संग्रौला, डिकेश लामा, राजु पाठक, अर्जुन  राजवंशी, सुनिरा मैनाली र राजन साम्पाङ्ग सदस्य रहेको कार्यदल सर्वसम्मवत रुपमा गठन गरी जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो । कार्यदलले  मिति २०८० जेठ १९ गतेसम्ममा मापदण्ड अनुसार नविकरण हुन नसक्ने सदस्यहरुको नामावली कारणसहित तयार गरी कार्यसमितिमा पेस गर्ने गरी जिम्मेवारी दिइएको छ ।

२. सदस्यता त्यागको स्वःघोषणा सम्बन्धमा ।
पत्रकारितामा क्रियाशील नरहेका ,राजनीतिक दल तथा पूर्णकालीन अन्य पेशा,व्यवायमा रहेका सदस्यहरुलाई सदस्यता त्यागको स्वःघोषणा गर्न २०८० जेठ १९ गतेसम्म समय प्रदान गरी स्वःघोषणाका लागि आह्वान गर्ने निर्णय गरिएको छ । सदस्यता त्यागको स्वःघोषणा गर्नेहरुलाई सम्मान गर्ने महासंघले निर्णय गरेको छ ।

डिकेश लामा
सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *