मुख्यमन्त्री कार्कीलाई महासंघको बधाई


नेपाल पत्रकार महासंघ झापाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा यही वैशाख २४ गते महासंघ झापाको टोलीले मुख्यमन्त्री कार्कीलाई उहाँकै कार्यालयमा भेटघाट गरी बधाई ज्ञापन गरेको हो ।

महासंघ झापाका अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई बधाई पत्रसंगै महासंघद्धारा प्रकाशित २०८० सालको भित्तेपात्रो, महासंघको गतिविधि समेटिएको ‘चौथो अङ्ग’ म्यागेजिन पनि हस्तान्तरण गरेको छ । त्यसक्रममा पत्रकारिता र समसामयिक विषयमा छलफलसमेत भएको थियो । महासंघ प्रदेश कार्यसमितिका सदस्य सुरेन्द्र भण्डारी, झापा शाखाका सहसचिव अर्जुन राजवंशी, कोषाध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्य बिनोद पाण्डे, पत्रकार गणेशमान मुखिया लगायत टोलीमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *