
नेपाल पत्रकार महासंघ झापाको ०८२ र ०८३ को सदस्यता नवीकरण गर्नुहुन सबै सदस्यज्यूहरुलाई अनुरोध छ । विधानको व्यवस्था बमोजिम ०८२ चैत मसान्त भित्र वर्ष ०८२ को सदस्यता नवीकरण नगरे शतप्रतिशत विलम्ब शुल्क लाग्ने जानकारी गराइन्छ । साथै,०८३ को पनि सदस्यता नवीकरण गर्नुहुन र नवीकरण गर्ने सदस्यज्यूहरुलाई परिचयपत्र तत्काल उपलब्ध गराइने छ ।
सदस्यता नवीकरणका लागि कार्यालयमा उपस्थित भएर वा डिजिटल भुक्तानी QR मार्फत पनि नवीकरण गर्न सकिने छ । डिजिटल भुक्तानी गर्नुहुनेहरुले रिमार्कस्मा आफ्नो नाम र नवीकरण वर्ष टाइप गरी भौचर पठाउन अनिवार्य छ ।
सहजताका लागिः
कार्यालयः ०२३५३०२०६
कार्यालय सचिव अनुषा चुडाल ९८४४६०९०१२
विधानमा के छ व्यवस्था ?
नेपाल पत्रकार महासंघको विधान २०६०
(पाँचौं संसोधन २०७५)
परिच्छेद २, धारा ६. सदस्यता शुल्कः
(१) महासंघको सदस्यता शुल्क र त्यसको बाँडफाँडको व्यवस्था देहायबमोजिम हुनेछः
(क) सदस्यता शुल्क वार्षिक रु. १०००।– हुनेछ । तर, नयाँ सदस्यलाई शुल्क रु. १०००।– थप लाग्नेछ ।
यो व्यवस्थाबमोजिमको सदस्यता शुल्क २०७४ बैशाखदेखि लागू हुनेछ ।
(ख) हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्नेछ । तर, दुई वर्षभित्र शत प्रतिशत विलम्ब शुल्क लिई सदस्यता नवीकरण गर्न सकिनेछ । लगातार दुई वर्षसम्म नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुनेछ । यसरी सदस्यता खारेज भएका पत्रकारले पुनः सदस्य बन्न चाहेमा नयाँ प्रक्रिया शुरु गर्नु पर्नेछ ।
(ग) प्रत्येक सदस्यता तथा नवीकरण शुल्कमध्ये सदस्यता शुल्क र प्रवेश शुल्कको ५० प्रतिशत रकम केन्द्रीय पत्रकार कल्याण कोषमा राख्नु पर्नेछ । बा“की रकमको ५० प्रतिशत सम्वन्धित शाखामा र बाँकी ५० प्रतिशत रकममध्ये आधा केन्द्रीय कार्यालय र आधा प्रदेश कार्यालयमा बैशाख मसान्तसम्ममा पठाउनु पर्नेछ ।
