नयाँ सदस्यताका लागि आवेदन आह्वान

नेपाल पत्रकार महासंघ

झापा शाखाको

नयाँ सदस्यताका लागि आवेदन आह्वान

नेपाल पत्रकार महासंघको विधान र सदस्यता प्राप्ति कार्यविधि अनुसार विद्यमान ऐन÷नियमबमोजिम दर्ता भई निरन्तर प्रकाशन÷प्रशारण भइरहेका पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा कार्यरत झापा जिल्लमा क्रियाशील पत्रकारलाई महासंघको नयाँ सदस्यताका लागि मिति २०८० जेठ १० गतेभित्र कार्यालय समयमा (बिदा बाहेक) आवेदन गर्न आह्वान गरिन्छ ।

नयाँ सदस्यताका लागि योग्यता तथा पेश गर्नुपर्ने कागजात

१. पत्रकारिता वा अन्य कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारितामा सक्रिय वा पत्रकारिता वा कुनै विषयमा प्रमाणपत्र तह (+२) वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा क्रियाशील हुनुपर्नेछ । तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, अपाङ्गता, अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक÷उत्पीडितको हकमा एक वर्षदेखि पत्रकारितामा सक्रिय भएको हुनुपर्नेछ ।

२. आवेदकले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, ऐनले तोकेको ढाँचामा सञ्चार संस्थाको नियुक्तिपत्र, परिचयपत्रको प्रतिलिपी र कार्यरत सञ्चार संस्थाको सक्कल सिफारिस पेश गर्नुपर्नेछ । अनलाइनमा कार्यरत पत्रकारले अनलाइन दर्ता प्रमाणपत्रको प्रतिलिपीसमेत पेश गर्नुपर्नेछ ।

३. आवेदक १८ वर्ष उमेर पूरा भई झापामा क्रियाशील पत्रकार हुनुपर्नेछ ।

४. आवेदक पत्रकारको नाममा फरक–फरक मितिमा प्रकाशन/प्रशारण भएका तीन÷तीनप्रति सक्कल समाचार आवेदनका साथ पेश गर्नुपर्नेछ । रेडियो र टेलिभिजनमा कार्यरतको हकमा समाचार प्रशारण भएको पेनड्राइभ पेश गर्नुपर्नेछ ।

५. महासंघले निर्धारण गरेको फारम भरी आवेदक स्वयम् महासंघको कार्यालयमा आई आवेदन दर्ता गर्नुपर्नेछ । रित नपुगी आएको आवेदन दर्ता हुने छैन ।

६. आवेदन फारम fnjnepal.org मा उपलब्ध छ ।

७. आवेदन शुल्क फिर्ता नहुने गरी रु.१००० (एक हजार) लाग्नेछ ।

डिकेश लामा

संयोजक

सदस्यता छानविन तथा सिफारिस समिति

२०८० वैशाख २५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *