नेपाल पत्रकार महासंघ झापाको ३५ औं स्थापना दिवसको शुभकामना सन्देश

नेपाल पत्रकार महासंघ झापाको

३५ औं स्थापना दिवसको शुभकामना सन्देश

मिति ः २०८०।०९।०९

झापाली पत्रकारहरुको साझा छाता संस्था नेपाल पत्रकार महासंघ झापा शाखा २०८० पुस ९ गते आफ्नो स्थापनाको ३५ औं वर्षमा प्रवेश गरेको छ । ०४६ साल पुस ८ र ९ गते झापा चन्द्रगढीको कलवलगुडीमा नेपाल पत्रकार संघ केन्द्रीय समितिको मोफसलमा पहिलो वैठक बसेको र दोस्रो दिनको वैठकले नेपाल पत्रकार संघ झापा शाखा गठन गरेको सबैमा स्मरण गराउँदछु । ०५२ साल जेठ १५ गते सम्पन्न केन्द्रीय महाधिवेशनले नेपाल पत्रकार संघलाई ‘महासंघ’मा रुपान्तरण गरेको इतिहास छ । स्थापना दिवसका अवसरमा महासंघ झापाका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै, यो संस्थाको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । झापा शाखाका संस्थापक सभापति डिल्लीराम निर्भिक, सस्थापक कार्यसमिति सदस्यहरु मदन ढकाल,भरत भूर्तेल र गोपीकृष्ण खनालप्रति श्रदासुमन अर्पण गर्दछु ।  साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा एवं आफ्नो कर्तव्य निर्वाहका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।

नेपाली पत्रकारिताको इतिहासमा झापाली सञ्चारकर्मी  यहाँको सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका सदैव केन्दविन्दु्रमा रहेको   नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हकहित  अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियतालोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको   यस भूमिकामा महासंघ झापा शाखाको योगदान सदैव अग्रणी  अतुलनीय रहेको    यसमा हाम्रा अग्रजहरूको योगदान  महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ झापा शाखा समिति गर्व गर्दछ  आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लागिरहनुपर्ने आवश्यकता  

मुलुकमा संघीयताको अभ्यास गर्ने पहिलो लोकतान्त्रिक संस्था नेपाल पत्रकार महासंघ भए पनि तीनै तहका सरकारको उचित ध्यान नजाँदा  नेपाली सञ्चार क्षेत्रले नै अहिलेसम्म संघीयताको अनुभूति गर्न नपाउनु  दुःखद्   संविधान जारी भई दुई वटा आवधिक निर्वाचन सम्पन्न भए पनि  तीनै तहमा मिडिया सम्बन्धित कानुनहरू बन्न सकेका छैनन्  कानून अभावमा सञ्चार क्षेत्रको विकास  प्रवद्र्धनमा समस्या खडा भएको   यस सन्दर्भमा निरन्तर खबरदारी गर्दै प्रेसमैत्री कानुन निर्माणका लागि दबाब दिनुपर्ने जिम्मेवारी पनि हामीले निर्वाह गर्नुपर्दछ  अर्कोतर्फ कोभिड१९ को वैश्विक महामारीसंगै गहिरिदै गएको मुलुकको आर्थिक संकटको ठूलो असर  पत्रकारिता क्षेत्रले भोग्नु परेको   धेरै सञ्चार माध्यम बन्द भएधेरै सञ्चारकर्मीले रोजगारी गुमाए  परम्परागत मिडियामा विज्ञापन बजार खुम्चिएको  विज्ञापन इन्टरनेटका माध्यमतर्फ रुपान्तरित भएको   आर्थिक स्रोत परिचालन गर्ने स्थानीय  प्रदेश सरकार अझै प्रेसमैत्री बन्न सकेका छैनन्  आमसञ्चारका माध्यममार्फत प्रवाह गर्नुपर्ने सूचना विज्ञापन कार्यालयका भित्ता  सामाजिक सञ्जालमा सीमित गरिदिएका छन्  सञ्चार क्षेत्रका लागि कल्याणकारी अन्य ठोस काम पनि हुन सकेका छैनन्  यस कारण पनि अहिले चलिरहेका  सञ्चार माध्यम  आवद्ध सञ्चारकर्मीकर्मचारीको अवस्था राम्रो छैन  आर्थिक संकटले पारेको यो असरलाई आवश्यक रणनीति तयार गरी श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्थाहरूको सवलीकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी देखिएको   यी समस्या सम्वोधनका लागि स्थानीय सरकारप्रदेश सरकार  संघीय सरकारको अभिभावकीय भूमिका आवश्यक पर्दछ  यस कार्यको लागि सरकारको ध्यानाकर्षणसहित खबरदारी गर्दै मुलुकको आर्थिक संकट निवारणका लागि मिडियाले आफ्नोतर्फबाट अझ प्रभावकारी भूमिका खेल्नुपर्ने जिम्वेवारी निर्वाहका लागि  सबैलाई आग्रह गर्दछु 

द्रुत गतिमा वृद्धि भएको प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा अवसर  चुनौती दुवै सिर्जना गरेको   समयानुकूल आफ्नो ज्ञानसीपक्षमतामा अभिवृद्धि गरी इन्टरनेटको अधिकतम् सदुपयोग गर्दै त्यसमार्फत पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने दिशामा हरेक पत्रकार स्वयं क्रियाशील हुनु जरुरी   प्रविधिमैत्री पत्रकारिताका लागि आवश्यक वातावरण  अवसर निर्माण गरिदिन यस अवसरमा  तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदछु 

अन्त्यमापत्रकारिता क्षेत्रमा हाम्रो दायित्व  समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गर्दै नेपाल पत्रकार महासंघ झापाको स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु 

एकराज गिरी

अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *