पत्रकार उपचार कोषको सदस्यता लिने बारे

नेपाल पत्रकार महासंघ झापा शाखाका सबै सदस्यज्यूहरु,
नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषको सदस्यता लिन छुट्नु भएको छ भने तत्काल सदस्यता लिनुहुन अनुरोध छ । साधारणसभाबाट पारित कोषको कार्यविधि अनुसार कोषबाट सुविधा लिनका लागि कोषको सदस्यता लिनु अनिवार्य छ । कोषको सदस्यता नलिएका महासंघका सदस्यहरुलाई कोषबाट सुविधा दिने व्यवस्था नभएको र एक पटकका लागि मात्र सदस्यता बापत लिइने सदस्यता शुल्क रु.३०००।– रहेको सम्वन्धित सबैमा जानकारी गराइन्छ । कोषका सदस्यहरुको बीमा गर्ने तयारी पनि भइरहेको हुनाले तत्काल सदस्यता लिएर आफ्नो सामाजक सुरक्षा सुनिश्चित गर्नुहुन अनुरोध छ ।  

नेपाल पत्रकार महासंघ झापा परिवार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *