सभामुख र उपसभामुखलाई गर्यो पत्रकार महासंघ झापाले बधाई ज्ञापन


सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई ४ फागुन २०७९ मा नेपाल पत्रकार महासंघ झापा शाखाले सम्मान गरेको छ ।
बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच महासंघ अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले सभामुख घिमिरे तथा उपसभामुख मगरलाई बधाई तथा शुभकामना–पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा महासंघ प्रदेश समिति सदस्य सुरेन्द्र भण्डारी, लीलाराज झापाली, झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्यहरु विनोद पाण्डे, अच्युत सुवेदी, रञ्जित परियार, सन्तोष शर्मा लगायत उल्लेख्य संख्यामा सञ्चारकर्मीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *