वार्षिक साधारणसभा तथा सदस्यता नवीकरणको सूचना


नेपाल पत्रकार महासंघ झापा शाखाको
प्रेस विज्ञप्ति
आज २०८३ वैशाख ६ गते आइतबार नेपाल पत्रकार महासंघ झापा शाखाको  बैठक अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा सम्पन्न भयो । वैठकले महासंघको गतिविधि तथा पछिल्लो अवस्थाका विविध विषयका बारेमा समीक्षासहित वार्षिक साधारणसभा गर्ने लगायतका निर्णय गरेको छ ।

१) नेपाल पत्रकार महासंघ केन्द्रीय समतिको परिपत्र बमोजिम महासंघ झापा शाखाको वार्षिक साधारणसभा मिति २०८३ वैशाख २० गते आइतबार विश्व प्रेस स्वतन्त्रता दिवसको दिन (३ मे २०२६) बिर्तामोडमा आयोजना गर्ने निर्णय गरियो । साधारणसभामा अनिवार्य उपस्थितिका लागि सबै सदस्यहरुमा निमन्त्रणा गर्दछौं ।

२) वार्षिक साधारणसभा अगावै अनिवार्य रुपमा २०८१ र २०८२ सालको सदस्यता नवीकरण गर्नुहुन र २०८३ सालको सदस्यता नवीकरण समेत गर्नुहुन महासंघ झापाका सबै सदस्यहरुलाई सूचित गर्दछौं ।

मिति ः २०८३।०१।०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *