नेपाल पत्रकार महासंघ झापाको
लेख–रचना उपलब्ध गराउने बारेको सूचना
नेपाल पत्रकार महासंघ झापाले पत्रकारिताका विषयवस्तु तथा संस्थागत गतिविधिसहित महत्वपूर्ण दस्तावेजहरु समेटेर म्यागेजिन प्रकाशन गर्न लागेको जानकारी गराउँद छौं । उक्त म्यागेजिनका लागि पत्रकारिता विषयका विविध पक्ष तथा पत्रकार महासंघको भौतिक तथा संस्थागत विकास, पत्रकारका क्षमता वृद्धिमा महासंघले सञ्चालन गरेका कार्यक्रम, पत्रकार सहारा उपचार कोष र यसको प्रभाव सम्वन्धी खोजमूलक र तथ्यपरक लेख–रचना २०८२ चैत मसान्तभित्र उपलब्ध गराइदिनुहुन इच्छुक पत्रकार तथा लेखकहरुलाई अनुरोध छ । लेख न्यूनतम् पाँच सय शब्ददेखि एक हजार पाँच सय शब्दसम्मको हुनुपर्नेछ । निर्धारित समयभन्दा ढिलो प्राप्त लेख–रचना प्रकाशन हुने छैन ।
आफ्ना लेखहरु वर्ड फायलमा प्रिति फण्टमा टाइप गरी शुद्धाशुद्धी परीक्षण गरेर इमेल fnjjhapa2071@gmail.com मा पठाउनुहुन अनुरोध छ ।
पुनश्चः स्तरीय, विश्लेषणात्मक र समसामयिक लेखलाई प्राथमिकतामा राखिने छ । प्राप्त लेख–रचनाहरुलाई परिमार्जन गर्ने, प्रकाशन गर्ने/नगर्ने सर्वाधिकार प्रकाशक संस्थामा रहने छ ।
राजु पाठक
सचिव
लेख–रचना उपलब्ध गराउने बारेको सूचना
