महासंघ झापाको भवन स्तरोन्नती सुरु

बिर्तामोड, पुस २३ । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतीको थालनी गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश –१का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश –१का अध्यक्ष लिलाबल्लभ घिमिरेले संयुक्तरुपमा भवनको शुभराम्भ गरेका हुन् ।

भवन निर्माण शुभराम्भ गर्दै पूर्व मन्त्री कार्कीले निष्पक्ष पत्रकारितामा जोड दिए । उनले आगामी दिनमा पनि पत्रकार महासंघलाई आवश्यक सहयोग रहेन प्रतिवद्धता जनाएका छन् । महासंघ प्रदेश –१ अध्यक्ष घिमिरेले पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रदेश समिति क्रियाशील रहेको बताए । अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले नगरको तर्फबाट पनि भवन निर्माणमा सहयोग रहने विश्वास दिलाए ।

महासंघ झापाको कार्यालय भवन स्तरोन्नतीका लागि प्रदेश सरकारले ४० लाख र बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । कार्यक्रममा मन्त्रालयका उपसचिव ओमकारप्रसाद न्यौपानेले पनि शुभकामना मन्तव्य राखेका थिए ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, प्रदेश समितिका महासंचिब विवेक गौतम, कोषाध्यक्ष विमल लामिछाने, झापा शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, प्रेस सम्बद्ध संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थति रहेको थियो । महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *