पद हस्तान्तरण, प्रमाणपत्र वितरण र सपथग्रहण

२०७८ बैशाख ६ गते सोमबार बिर्तामोडमा नेपाल पत्रकार महासंघ झापाको पद हस्तान्तरण, नवनिर्वाचितहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण सम्पन्न भएको छ ।

महासंघ अध्यक्ष तारामणि सापकोटासहितले नवनिर्वाचित अध्यक्ष एकराज गिरीसहितका पदाधिकारीलाई पद हस्तान्तरण गरेका हुन् । बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच निर्वाचन समितिले राष्ट्रिय परिषद्, प्रदेश परिषद् तथा झापा शाखाबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्दै शपथ ग्रहण गराएको थियो । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समिति संयोजक चिन्तामणि दाहालले प्रमाणपत्र प्रदान गरेका थिए ।

पद हस्तान्तरणमा नवनिर्वाचित अध्यक्ष गिरीले आफ्नो टिमको तीन वर्षे कार्य योजनाा संक्षेपमा प्रस्तुत गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन निवर्तमान सचिव सन्तोष आचार्य र नवनिर्वाचित सहसचिव अर्जुन राजवंशीले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष सापकोटाले नवनिर्वाचित अध्यक्ष गिरी र निवर्तमान कोषाध्यक्ष इश्वर अधिकारीले नवनिर्वाचित कोषाध्यक्ष रञ्जित प्रसाईलाई माइन्यूटसहित हरहिसाब बरबुझारथ गरेका थिए ।
महासंघकी निवर्तमान उपाध्यक्ष भीमा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा नवनिर्वाचित प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, निर्वाचन समिति संयोजक दाहाल, निवर्तमान अध्यक्ष सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पहिलो चरणको कार्यक्रमको अध्यक्षता सापकोटाको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *