नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना, पर्यटन पत्रकार मञ्च झापाको समन्वय तथा पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता सम्वन्धी तीन दिने (२०८२ जेठ १९-२१) तालिम सम्पन्न भएको छ ।
पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम गरिएको हो । एक कार्यक्रमका बीच जेठ १९ गते प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरे ।
तालिमको उद्घाटन गर्दै बस्नेतले प्रकृति र संस्कृतिको प्रवर्धन गरे मात्र पर्यटनको विकास सम्भव रहेको जिकिर गरे ।पर्यटकीय क्षेत्रको विकास र उजागरका लागि तीन तहकै सरकारको समन्वय अनिवार्य रहेको उनको भनाइ थियो । त्यस्तै, सडकले पर्यटकीय क्षेत्रलाई जोड्न सके मात्र यस क्षेत्रको प्रवर्धन गर्न सकिने बस्नेतको धारणा थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, पर्यटन कार्यालय काँकरभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, करफोक खलंगा सामुदायिक होमस्टेका परिकल्पनाकार चन्द्र सापकोटा, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष सुब्रत न्यौपाने तथा सञ्चालन सहसचिव तिलक योञ्जनले गरेका थिए । तालिमको सहजीकरण पर्यटन कार्यालय काँकरभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, लोकपरिकारका अन्वेषक केदार शर्मा, विराट अनुपम लगायतले गरे ।
तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ४५ जना पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले विशेष अनुभव आदानप्रदानगरेका थिए । बेलायती पर्यटक सु चेम्बरलेन, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई ,कोशी प्रदेश पर्यटन वर्ष निर्देशन समितिका सह–संयोजक श्री कृष्ण साह, स्वीस विकास सरकारको सहयोगमा सञ्चालित ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’की अनिता बोगटी , पर्यटन कार्यालय काकरभिट्टाका प्रमुख छवि खतिवडा ,
करफोक खलंगा सामुदायिक होमस्टे अध्यक्ष कोपिला पोखरेल , पत्रकार महासंघ इलाम अध्यक्ष भीम चापागाईं लगायतले अनुभव राखेका थिए । समापनमा सहभागीलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई कदरपत्र वितरण गरिएको थियो ।




