नेपाल पत्रकार महासंघ झापा:पुरस्कारका लागि सिफारिस/आवेदन आह्वान

नेपाल पत्रकार महासंघ झापा
टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
छनोट समिति –२०८२
पुरस्कारका लागि सिफारिस/आवेदन आह्वान
नेपाल पत्रकार महासंघ झापा शाखाले हेम–सरिता फाउण्डेशन अमेरिकासंगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनका लागि कलम चलाउने, पत्रकारितामार्फत सुशासनका लागि महत्वपूर्ण योगदान दिने झापाका पत्रकारलाई हरेक वर्ष रु. ५०,५५५।– राशिको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराउदछौं ।
यस वर्षको पुरस्कृत व्यक्तित्व छनोटका लागि सम्वन्धित विषयमा कलम चलाउने पत्रकारहरुको नाम आवश्यक कागजातसहित सिफारिस गर्नुहुन वा स्वयंले आवेदन गर्नुहुन सूचित गरिन्छ ।
सिफारिस तथा आवेदनका शर्त–
१) आवेदकले २०८१ कार्तिक १६ देखि २०८२ कार्तिक १५ सम्म एक वर्षमा प्रकाशित वा प्रसारित भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धन गर्ने विषयका आफ्ना तीन उत्कृष्ट समाचार, अनुसन्धनात्मक लेख वा समाचारमूलक कार्यक्रम पेश गर्नुपर्नेछ ।
२) आवेदकले समाचार सामग्रीका साथ महासंघको परिचयपत्रको प्रतिलिपि र व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ ।
३) नेपाल पत्रकार महासंघ झापाको सदस्य भई झापामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय हुनुपर्नेछ ।
४) सिफारिसआवेदन आगामी मंसीर १० गते साँझ ५ बजेसम्म प्राप्त हुनुपर्नेछ ।
५) प्राप्त सिफारिस/आवेदनमाथि छलफलपछि पुरस्कृत पत्रकार पुरस्कार छनौट समितिले छनोट/निर्णय गर्नेछ ।
६) इच्छुक पत्रकारहरुले आफ्ना प्रकाशित समाचार सामग्री इमेलमार्फत पठाउन वा महासंघको कार्यालयमा (विदा बाहेकका दिनमा) बुझाउन सक्नुहुनेछ ।
इमेलः fnjjhapa2071@gmail.com

जारी मितिः २०८२ कार्तिक २४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *